8 years ago
October 8, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनमा रहेको समय कर छलीको आरोपमा चेल्सी तथा रियल म्याड्रिडका पूर्व डिफेन्डर रिकार्डो कार्वाल्होलाई त्यहाँको एक अदालतले ८ महिना जेल सजाय सुनाइएको छ । हाल उनि चीनको शंघाई एसआईपिजीसँग आबद्ध छन् ।
स्पेनमा रियलसँग रहँदा तस्विर प्रयोगको अधिकारबाट कमाएको करिब ५ सय हजार युरो बराबर कर छलेको आरोपमा उनलाई ७ महिना जेल सजाय र १ लाख ४२ हजार युरो जरिवाना सुनाइएको छ । उनलाई १२ महिना जेल सजाय हुने भएपनि गल्ति स्विकारेपछि ७ महिनामा झारिएको हो ।
स्पेनमा हिंसा बाहेकका आरोपमा २ वर्षभन्दा थोरै समयको जेल सजाय माफ हुने भएकाले कार्वाल्होले जेल भने बस्नु पर्ने छैन । हाल स्पेनिस फुटबलका दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी पनि कर छलीको मुद्धामा परि सकेका छन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]