8 years ago
October 9, 2017
वार्स (एजेन्सी) – विश्वकप छनोट अन्र्तगत युरोपियन क्षेत्रको छनोटको समूह ‘ई’ को अन्तिम चरणको खेलमा विजयी हुँदै पोल्याण्डले रुस विश्व कपमा सोझै स्थान बनाएको छ ।
समूह ‘ई’ को अन्तिम खेलमा पोल्याण्डले मोन्टेनेग्रोमाथि ४–२ को सहज जित निकाल्यो । पोल्याण्डको वार्सास्थित नेशनल स्टेडियममा आइतबार राति खेलिएको खेलमा घरेलु टोलीलाई जिताउन क्रिजिस्टफ माकज्यान्स्कीले २ रोवर्ट लेवान्डोस्कीले १ गोल गरे । अर्काे एक गोल उपहार पाएको थियो । क्रिजिस्टफ माकज्यान्स्कीले १६ मिनेटभित्र दुई गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–० को आरमादायी अग्रता लिएको थियो ।
तर, दोस्रो हाफको ६ मिनेटभित्र मोन्टेनेग्रोले लगातार दुई गोल गरेपछि खले ८५ औं मिनेटसम्म २–२ गोलको बराबरी अवस्थामा पुगेको थियो । ७८औं मिनेटमा मोन्टेनेग्रोका स्टेफल मुगोसाले पहिलो गोल गर्दा ८३ औं मिनेटमा जार्काे टोमासेभिकले बराबरी गोल फर्काएका थिए । बराबरीको अवस्थामा पुगेपछि पोल्याण्डका रोवर्ट लेवान्डोस्कीले खेलको ८५ औं मिनेटमा गोल गर्दै खेलमा पुनः अग्रता दिलाए । ८७ औं मिनेटमा फिलिप स्टोकोभिकले आत्मघाती गोल गरेपछि पोल्याण्डले खेल ४–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । समूह चरणमा पोल्याण्डले १० खेलबाट २५ अंक जोड्यो ।
यो समूहबाट डेनमार्कले प्ले अफमा स्थान बनाएको छ । समूह चरणको अन्तिम खेलमा डेनमार्क रोमानियासँग १–१ गोलको बराबरीमा रोकिन पुग्यो । ६० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा अग्रता लिएको डेनमार्कले खेल सकिन दुई मिनेटअघि गोल खाएको थियो । ८८ औं मिनेटमा सिप्रियन लोन डिकले बराबरी गोल फर्काएका थिए । यसै समूहको अर्काे खेलमा काजकस्तान र अर्मेनियाले १–१ गोलको बराबरी खेले ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]