8 years ago
October 9, 2017
एलेक्सजानड्रिया (एजेन्सी) – लिभरपुलका विङ्गर मोहोम्मद सलाहको दुई गोलको मद्धतले कंगोमाथि २-१ को रोमाञ्चक जित हासिल गर्दै इजिप्टले रुस विश्व कपमा स्थान बनाएको छ । अघिल्लो पटक १९९० को विश्व कपमा सहभागी भएयता इजिप्टले फुटबलको महासंग्राममा भाग लिएको थिएन ।
इजिप्टलाई विश्व कपमा स्थान बनाउन जित्नै पर्ने हुँदा ९५ औं मिनेटमा पाएको पेनाल्टी मार्फत गोल गर्दै सलाहले जित दिलाएका थिए । घरेलु मैदानमा जितेपछि विश्व कपमा स्थान पक्का भएयता देश भर उत्सव मनाइएको छ ।
गोलरहित पहिलो हाफको अन्त्यपछि सलाहले ६१ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएपनि ८७ औं मिनेटमा आर्नोल्ड बौका मोटुवाले कंगोलाई बराबरी दिलाएका थिए । सलाहले इन्जुरी समयको पाँचौ मिनेटमा गोल गर्दै इजिप्टलाई जित दिलाएका थिए । नाइजेरिया पछि रुस विश्व कपमा स्थान बनाएको इजिप्ट दोस्रो अफ्रिकी राष्ट्र हो ।
नोट : ९ अक्टोबर १६:१६ मा मिलाइएको ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]