8 years ago
October 10, 2017
लन्डन (एजेन्सी) – स्टोक सिटीक स्ट्राइकर पिटर क्राउचको नाम २०१८ को ‘गिनिज बुक्स अफ वोर्ल्ड रेकर्ड’ मा समावेश हुने भएको छ । प्रिमियर लिगमा किर्तिमान गरेपछि ३६ वर्षीय इङ्लिस स्ट्राइकरको नाम गिनिज बुकमा राखिने भएको हो ।
लिभरपुल तथा टोटेनह्यामका पूर्व खेलाडी क्राउचले प्रिमियर लिगमा सबै भन्दा धेरै हेडर गोल गरेको किर्तिमान आफ्नो नाममा पारेपछि उनको नाम गिनिज बुकमा दर्ता गरिने भएको हो ।
२०१५ को मे महिनामा एलेन सियररको ४६ गोलको रेकर्ड तोडेयता उनले हेड मार्फत थप गोल गर्दै आएका छन् । एस्टन भिल्ला , साउथह्याम्प्टन , पोर्ट्समोथ , लिभरपुल , टोटेनह्याम र स्टोकसँग गरेर उनले प्रिमियर लिगमा ५१ हेड गोल गरिसकेका छन् । क्राउचले प्रिमियर लिगको ४ सय ३६ खेलमा १ सय १ गोल गरेका छन् ।इङ्ल्यान्डबाट ४२ खेल खेलेन उनले २२ गोल गरिसकेका छन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]