default_image

8 years ago

October 11, 2017

म्यानचेष्टर सिटी मेस्सीलाई मोटो रकम खर्चन तयार

156 views

0 Bookmark

स्पेन (एजेन्सी) –इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई क्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्

Messi

बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् म्याड्रिडकोएस पत्रिकाका अनुसार सिटीले मेस्सीलाई अर्काे ट्रान्सफरमा ३५८ मिलियन पाउण्ड खर्चन तयार रहेको उल्लेख गरिएको

स्रोतका अनुसार सिटीले मेस्सीसँग बराम्बर छलफल भैरहेको छलफल सकरात्मक भैरहेको बताइएको यदि मेस्सी सिटीमा अनुबन्ध भए बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओला मेस्सीको पुर्नमिलन हुनेछ पेप ग्वार्डिओलाले चारवर्ष अघि बार्सिलोना छाडेका थिए

बार्सिलोनका अध्यक्ष जोसेफ मारिया बार्टाेमेउले बार्सिलोनामा मेस्सीसँग यसअघि नै नयाँ सम्झौताको लागि सम्पूर्ण प्रक्रिया पूरा भैसकेको बताउदै आफ्नो समर्थकहरुलाई मेस्सी बार्सिलोनामै रहि रहनेमा ढुक्क हुन आग्रह गरेका छन्

बार्सिलोनाले यसै समर ट्रान्सफरमा आफ्ना मुख्य खेलाडी नेयमारलाई गुमाइसकेको थियो नेयमार विश्व कीर्तिमानी मुल्य १९८ मिलयन पाउण्डमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत अगस्टमा अनुबन्ध भएका थिए

मेस्सी अहिले सन् २०१८ मा रुसमा हुने रसिया विश्वकप अन्र्तगतको दक्षिण अमेरिकी क्षेत्रको छनोट चरणको खेलमा व्यस्त छन् मेस्सी कप्तानीमा रहेको अर्जेन्टिनाले बुधबार बिहानगर या मरको अवस्थामा इक्वेडरसँग छनोट चरणको अन्तिम खेल खेल्दैछ उक्त खेलमा जित हात पारे अर्जेन्टिनाले कम्तीमा पनि प्ले अफमा स्थान बनाउनेछ इक्वेडरसँग बराबरी या कोलम्बिया पेरुको खेलमा कुनै एक टिमले जित हात पारेमा पनि अर्जेन्टिनाको प्ले अफ सम्भावना जीवितै रहनेछ इक्वेडरसँग हार या बराबरी तथा कोलम्बिया पेरुले बराबरी खेल अर्जेन्टिनाको विश्वकप यात्रामा पूर्णविराम लाग्नेछ

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना तालिकाको छैटौं स्थान अर्थात प्लेअफ भन्दा एक स्थान तल रहेको यस क्षेत्रबाट शीर्ष स्थानमा रहने चार टिमले सोझै विश्वकपमा स्थान बनाउनेछ भने पाँचौ हुने टिमले प्ले अफ खेल्नुपर्ने हुन्छ

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.