default_image

8 years ago

October 11, 2017

समूह विजेता बन्दै पोर्चुगल विश्वकपलाई छनोट

118 views

0 Bookmark

लिस्वन (एजेन्सी) – युरोकप विजेता पोर्चुगलले समूह ‘बी’ को विजेता बन्दै अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबलमा स्थान बनाएको छ ।

Portugal

युरोपियन छनोटको समूह ‘बी’ छनोटको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डलाई २–० ले पराजित गर्दै पोर्चुगलले समूह विजेताको रुपमा विश्वकपमा स्थान पक्का गरेको हो । पोर्चुगलसँग पराजित भएपनि स्वीट्जरल्याण्डले प्लेअफमा स्थान बनाएको छ ।

घरेलु मैदान स्टेडियो डा लुजमा भएको खेलमा पोर्चुगलले ४१ औं मिनेटमा उपहार गोलमार्फत अग्रता लिएको थियो । इलेसुले क्रस गरेको बललाई क्लियर गर्न खोज्दा स्वीट्जरल्याण्डका जोहान डिजोरोउले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । ५७ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता २–० मा पुर्याए । बर्नाडो सिल्भाको थ्रु बलललाई सिल्भाले गोलमा परिणत गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न नसक्दा पोर्चुगलले २–० को जित निकाल्यो ।

पोर्चुगलले १० खेलबाट ९ खेलमा जित र १ खेलमा हारसहित २७ अंक जोड्न सफल भयो ।स्वीट्जरल्याण्डको समान २७ अंक भएपनि गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहदै प्लेअफमा खुम्चन पुग्यो । यसै समूहको अर्काे खेलमा हंगेरीले फारोई आइल्याण्डलाई १–० ले तथा लातभियाले एन्डोरालाई ४–० ले पराजित गर्यो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.