default_image

8 years ago

October 11, 2017

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनालाई विश्वकपमा स्थान

148 views

0 Bookmark

इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ । 

Messi

अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने पेरु र कोलम्बिया बराबरी खेलेपछि तेस्रो स्थान पक्का भएको हो ।

रोमारियो इबाराले खेलको पहिलो मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई थप समस्यामा पुर्याएपनि मेस्सीले १२ औं मिनेटमा अर्जेन्टिनालाई बराबरीमा पुर्याएका थिए । मेस्सले पुनः २० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

मेस्सीले दोस्रो हाफको ६२ औं मिनेटमा राम्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

अन्य खेलमा पेरु र कोलम्बिया १-१ को बराबरीमा रोकिए भने ब्राजिलले चिलीलाई ३-० ले हराएपछि चिली विश्व कपबाट बाहिरिएको छ । उरुग्वेले बोलिभियालाई ४-२ ले हराउँदै दोस्रो स्थान पक्का गर्यो ।

world cup south America

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.