8 years ago
October 11, 2017
साओपाउलो (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा ब्राजिलसँग ३-० ले पराजित चिलीको सम्भावना रोकिएको छ । लगातार दुई पटकको कोपा अमेरिका विजेता चिलीले रुस विश्व कपमा स्थान पाएन ।
ब्राजिलसँग ३-० ले पराजित चिलीले पेरुसँग गोलअन्तरमा पछि परेपछि प्ले अफको मौका गुमाएको छ । शिर्ष स्थानको ब्राजिल , दोस्रो स्थानको उरुग्वे , तेस्रो स्थानको अर्जेन्टिना र चौथो स्थानको कोलम्बियाले स्वतः विश्वकपमा स्थान बनाए भने पेरुले प्ले अफमा न्यूजिल्याण्डको सामना गर्नेछ ।
पहिलो हाफमा राम्रो प्रदर्शन गर्दापनि गोल गर्न नसकेको चिलीले दोस्रो हाफमा पौलिन्होको गोलमार्फत पछि परेको थियो । ५५ औं मिनेटमा पौलिन्होले ब्राजिललाई अग्रता दिलाएपछि म्यानचेस्टर सिटीका स्ट्राइकर ग्याब्रियल जिससले ५७ औं र ९० औं मिनेटमा गोल गर्दै दक्षिण अमेरिकी च्याम्पियनलाई विश्व कपको स्थानबाट बन्चित गरेका थिए ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]