default_image

8 years ago

November 5, 2017

अस्ट्रेलियाबाट फर्केर जगजित राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलिया बस्दै आएका मिडफिल्डर जगजित श्रेष्ठ झन्डै डेढ बर्षपछि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा समावेश भएका छन् । अर्को साता फिलिपिन्सविरुद्ध हुने एसियन कप छनोटको लागि सुरु भएको प्रशिक्षणमा जगजित आइतबार सामेल भएका हुन् । अलिख नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बोलाएपछि उनी शुक्रबार स्वदेश आइपुगेका हुन् ।

Jagjeet

जगतिज श्रेष्ठ । फाइल तस्बिर

 

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्कन पाउँदा खुसी लागेको जगतिजले हाम्रो खेलकुद डट कमलाई बताए । ‘लावससँगको मैत्रीपूर्ण खेलपछि म पहिलो पटक टोलीमा बोलाइएको छु । दुई साता अघि एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले फोन गर्नु भएको थियो । एकदम खुसी लागेको छ । एउटा खेलाडी जहिले पनि राष्ट्रिय टोलीबाट खेल्न इच्छुक हुन्छ ’ उनले भने, ‘शत प्रतिशत दिएर टोलीको अन्तिम छनोटमा पर्ने मेरो प्रयास गर्नेछु । ’ नेपाल र लावसबीच सन् २०१६ को मेमा मैत्रीपूर्ण खेल भएको थियो ।

अस्ट्रेलियामा केही महिना अघि सम्म नुवावाडिङबाट व्यवसायिक फुटबल खेलेका उनले भने, ‘म फिट नै छु । अझै हुने कोशिस गर्नेछु । मेरो लक्ष्य भनेको अन्तिम छनोटमा परेर पहिलो रोजाइमा पर्ने हुनेछ ।’ नुवावाडिङ अस्ट्रेलियामा उनको तेस्रो क्लब हो । गत बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको ‘बी’ डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए । त्यसपछि उनी एनपिएलको अर्को टोली सनसाइन क्रस एफसीमा आबद्ध भएका थिए ।

केही बर्षअघि हिमालयन शेर्पाको पहलमा उनी जर्मनी गएर केही साताको अभ्यास गरेर फर्केका थिए । नेपालले दुई बर्ष दुई महत्वपूर्ण उपलब्धी हासिल गर्दा जगगित पनि टोलीका सदस्य थिए । २०७२ को फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा यू २३ ले स्वर्ण पदक जित्नुअघि राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दा जगजित टोलीमा थिए ।

गत बर्षले नेपालले एएफसी सोलिडारिटी कप जित्दा भने उनी टोलीमा थिएनन् । पटक पटक राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका नेपाली यू २३ का पूर्व कप्तान जगजितले फिलिपिन्ससँगको खेल पछि पुनः अस्ट्रेलिया फर्कने बताए । एसियन कप छनोटको समूह चरणको शीर्षस्थानम रहेको फिलिपिन्स र नेपालबीच कात्तिक २८ गते राजधानीमा प्रतिस्पर्धा हुँदैछ ।

फिलिपिन्ससँगको पहिलो लेगमा नेपाल ४–१ ले पराजित भएको थियो । समूह एफमा फिलिपिन्स ८ अंकसहित शीर्षस्थान छ भने समान ६ अंक भएका यमन र ताजकिस्तान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अन्तिम २ खेल बाँकी रहँदा नेपाल १ अंकसहित पुछारमा छ ।

 

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.