8 years ago
November 5, 2017
कोल्हुवा (हाम्रो खेलकुद) – ए डिभिजन टोली नेपाल एपिएफ क्लब नवलपरासीमा जारी दोस्रो राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । कोल्हुवामा आइतबार नवलपरासीको देशभक्त युवा क्लबलाई २–० ले हराउँदै विभागिय टोलीले अन्तिम चारको यात्रा तय गरेको हो । हिजो अर्को ए डिभिजन टोली सिएमजी क्लब संकटा पनि अन्तिम चारमा पुगिसकेको छ ।
खेलको अन्त्यतिर दुई गोल गर्दै एपिएफले सफलता प्राप्त गरेको थियो । ७७ औं मिनेटमा युवराज खड्काको गोलबाट एपिएफले खेलमा अग्रता लिएको थियो । इन्जुरी समयमा रन्जन विष्टले गोल गरेपछि एपिएफको जित निश्चित भएको थियो । एपिएफले मंगलबार फाइनल प्रवेशका लागि कास्की–११ को सामना गर्नेछ ।
‘संरक्षणका लागि खेलकुद’ भन्ने उद्देश्यका साथ राईनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा सोमबार हुने पहिलो सेमिफाइनलमा संकटा र काठमाडौंको डिभाइन ब्वाइज युनियनबीच प्रतिस्पर्धा हुनेछ ।
नन्द भाउजु उपभोक्ता समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख २५ हजार ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विजेता टोलीलाई एक दिनको होम स्टे र चितवन राष्ट्रिय निकुञ्ज अवलोकनको समेत आयोजकले व्यवस्था मिलाउने बताइएको छ । त्यस्तै दोस्रो टोलीले २ लाख ५० हजार ३ सय ५५ रुपैयाँ पाउनेछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]