default_image

8 years ago

November 5, 2017

आर्सनललाई हराउँदै सिटीको अग्रस्थानमा पकड बलियो

113 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनललाई ३-१ को अन्तरले हराएको छ । सिटीका लागि केभिन डे ब्रुयन, सर्जियो अगुएरो र ग्याब्रियल जेससले गोल गरेका थिए ।

खेलको १९ औं मिनेटमा फर्नान्डिन्होको पासमा डे ब्रुयनले सुन्दर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको सुरुवाती मिनेटतिर आर्सनलका डिफेन्डर नाचो मोनरियालले रहिम स्टेर्लिङलाई लडाएकाले सिटीले पेनाल्टी पाएको थियो ।

सो पेनाल्टीलाई गोलमा परिणत गर्दै अगुएरोले आफ्नो लिग सिजनको आठौं गोल पनि गरे । सब्स्ट्युटिट्युसनबाट आएका आर्सनलका फरवार्ड एलेक्जान्डर लाकाजेटले आर्सनलका लागि एक गोल फर्काए पनि सिटीले थप एक गोल गर्दै जित सुनिश्चित गरेको थियो ।

सब्स्ट्युटिट्युसनबाटै आएका ग्याब्रियल जेससले डेभिड सिल्भाको पासमा सिटीको तेस्रो गोल गरेका थिए । यस जितसँगै सिटीले आफ्नो ११ खेलबाट ३१ अंक जोडेको छ र अग्रस्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ । त्यस्तै आर्सनल भने अंकतालिकाको छैठौं स्थानमा झरेको छ ।

यस अघि सन हिउङ-मिनको निर्णायक गोलमा टोटनह्याम क्रिस्टल प्यालेससँग १-० ले विजयी भएको थियो । टोटनह्याम तालिकाको तेस्रो स्थानमा यथावत् रहेको छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.