default_image

8 years ago

November 6, 2017

लास पाल्मास विरुद्ध रियलको सहज जित

101 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । घरेलु टोलीको जितमा कासेमिरो, इस्को र मार्को एसेन्सियोले गोल गरेका थिए ।

रियलले पहिलो हाफको सुरुवाती समयमा अग्रता लिने केहि राम्रा अवसरहरु पाएको थियो तर पहिलो गोल ४१ औं मिनेटमा मात्र सम्भव भयो । मिडफिल्डर कासेमिरोले हेडिङ गर्दै स्कोर १-० बनाएका थिए । त्यस्तै रियल दोस्रो हाफमा थप दुई गोल गर्न सफल रह्यो ।

खेलको ५६ औं मिनेटमा एसेन्सियोले ३०-यार्ड टाढाबाट आकर्षक गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोको पासमा इस्कोले सहज गोल गर्दै रियलको ३ अंक पनि सुनिश्चित गरेका थिए ।

११ खेलमा २३ अंकका साथ रियल तेस्रोमा रहेको छ र प्रतिद्वन्दि बार्सिलोनाभन्दा ८ अंकले पछि रहेको छ । लास पाल्मास भने लगातार सातौं हार बेहोर्दै तालिकाको १९ औं स्थानमा रहेको छ ।

गए राति ला लिगामा खेलिएका अन्य खेलहरुको नतिजा:

लेभान्टे १-२ जिरोना

सेल्टा भिगो ३-१ एथ्लेटिक बिल्बाओ

भिल्लारियल २-० मालागा

रियल सोसिएडाड ३-१ एबार

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.