8 years ago
November 6, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले ला लिगामा यो सिजन खासै प्रभाव जमाउन सकेका छैनन् । यद्दपी टोलीका मिडफिल्डर कासिमेरो भने आउने दिनमा रोनाल्डोले गोल गर्नेमा विश्वस्त छन् । उनले रोनाल्डोको समर्थनमा भने,‘आउने दिनमा हामीले उनले गोल गरेको देख्न पाउने छौ, यसमा चिन्तित हुनु पर्ने केही कारण छैन ।’
३२ वर्षे रोनाल्डोले यो सिजन ला लिगाका ७ खेलमा १ गोलमात्र गरेका छन् । गए राति लास पामासलाई रियलले ३–० ले हराउँदा रोनाल्डोले गोल गरेनन् । यद्दपी उनले एउटा एसिस्ट भने गरेका थिए । त्योसँगै उनले क्लबका लागि सर्वाधिक ८४ एसिस्ट गरेका छन् । ‘ उनी जहिले गोल गर्ने प्रयासमा हुन््छन् । उनले मेरो लागि पनि मौका सृजना गर्नका लागि सधै तयार रहन्छन्,’ कासिमेरोले भने, ‘आउने दिनमा रोनाल्डोले पर्याप्त गोल गर्नेछन् । यसमा चिन्ता लिनु पर्ने कारण म देख्दिन ।’
रियलका महत्वपूर्ण सदस्य बनिरहेका ब्राजिलियनले करिम बेन्जेमाको पनि समर्थनमा बोले । ‘ ९ नम्बर जर्सी लगाउने विश्वका उत्कृष्ट खेलाडीमा उनी पर्दछन् ’ उनले थपे, ‘उनले अहिले राम्ररी खेलिरहेका छन् । मलाई विश्वास छ आउने दिनमा उनले पनि गोल गर्नेछन् । हिजोको जितपछि ११ खेलमा २३ अंकका साथ रियल तेस्रो स्थानका कायम छ । शीर्षस्थानको बार्सिलोनाभन्दा रियलको अझै ८ अंक कम छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]