8 years ago
November 6, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले आफ्नो प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । साढे दुई वर्ष क्लब सम्हालेका बिलिचलाई वेस्ट ह्यामको खराब सुरुवातका कारण बर्खास्त गरिएको हो ।
वेस्ट ह्यामले यो साता प्रिमियर लिगमा लिभरपुलसँग घरेलु मैदानमा ४-१ ले पराजय भोगेको थियो । त्यस अघि पुछारमा रहेको क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेको थियो भने ब्राइटनसँग ३-० ले हारेको थियो ।
“हामी स्लाभान बिलिचप्रति उनको साढे दुई वर्षको कार्यकालका लागि आभारी छौं । तर अब क्लबलाई परिवर्तनको खाँचो रहेको छ,” वेस्ट ह्यामले आफ्नो ट्विटरमा लेखेको थियो । बिलिचसँगै उनको सहायक टिमले पनि क्लब छोड्ने छ ।
बिलिच पहिले स्वयम् वेस्ट ह्यामका खेलाडि थिए । सन् १९९६ देखि १९९७ सम्म उनले १८ महिना डिफेन्डरका रुपमा वेस्ट ह्यामबाट खेलेका थिए । त्यस्तै क्रोएसियाका प्रिशिक्षक रहिसकेका बिलिच २०१५ मा स्याम एलर्डाइसको ठाउँमा वेस्ट ह्याम आएका थिए ।
आफ्नो पहिलो सिजनमा वेस्ट ह्यामलाई सातौं स्थानमा पुर्याएका बिलिचले यस वर्ष भने राम्रो नतिजा निकाल्न निकै संघर्ष गरिरहेका थिए । हाल ११ खेलमा २ जितसहित ९ अंकका साथ वेस्ट ह्याम १८ औं स्थानमा रहेको छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]