8 years ago
November 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप छनोट चरणको खेलका लागि नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट बुधबार स्वदेश आइपुग्ने भएका छन् ।
माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट व्यवासायिक फुटबल खेल्दै आएका किरण आज राती १० बजे माल्दिभ्सबाट दुबई हुँदै भोली स्वदेश आइपुग्ने छन् । नेपाल फिलिपिन्सबीच कात्तिक २८ मा प्रतिस्पर्धा हुँदैछ । नेपाली खेलाडी अहिले बन्द प्रशिक्षणमा रहेका छन् । अस्ट्रेलियामा रहेका मिडफिल्डर जगजित श्रेष्ठ पनि यसपटक प्रशिक्षणमा समेटिएका छन् । यसअघि विदेशमा व्यवसायिक फुटबल खेल्दै आएका किरण र इन्डोनेसियामा खेल्दै आएका रोहित चन्द मात्र बोलन्थे ।
चार राष्ट्र रहेको समूह एफबाट नेपाल अघिल्लो चरण पुग्ने सम्भावना लगभग टुंगिएपनि बलियो राष्ट्रसँगको खेल अर्को वर्ष हुने साफ च्याम्पियनसिपका लागि फाइदा पुग्ने किरणको अनुमान छ । ‘एसियन कप छनोटमा जति सक्दो राम्रो खेल्ने हाम्रो प्रयास हुनेछ ’ हाम्रो खेलकुद डटकमसँग किरणले भने, ‘अब यसमा हामीसँग धेरै विकल्प छैन । त्यसले यो खेलमा जति सक्दो टोलीको कमजोरी सुधार्ने प्रयास गर्नुपर्दछ । ’
नेपाल १ अंकसहित पुछारमा रहेको छ । फिलिपिन्स ८ अंकसहित शीर्षस्थानमा छ भने समान ६ अंक भएका यमन दोस्रो र ताजकिस्तान तेस्रो स्थानमा छ । ताजकिस्तानसँग दुई पटक हारिसकेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । नेपालले एकमात्र खेल घरेलु मैदानमा यमनसँग बराबरी गरेको थियो । फिलिपिन्सपछि नेपालले यमनसँग अन्तिम खेल खेल्नेछ ।
राष्ट्रिय टोलीको प्रदर्शन सोचे अनुरुप नभएपनि किरणको माल्दिभियन क्लब भने त्यहाँको धिवेही प्रिमियर लिग (डिपिएल) को उपाधि दौडमा रहेको छ । यद्दपी डिपिएलका बाँकी दुई खेल जितेपनि टिसी स्पोर्टस्ले उपाधिको छिनोफानोको लागि अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । टिसी स्पोर्टस अंक तालिकाको दोस्रो स्थानमा छ ।
१२ चरणको खेल सकिदा न्यू रेडियन्ट ३३ अंकका साथ शीर्षस्थानमा छ । अबको खेल सबैभन्दा महत्वपूर्ण हुने किरणले बताए । ‘हामी अझै ४ अंकले पछाडि छौं ’ उनले भने,‘त्यो खेल जित्न सकेको खण्डमा उपाधि जित्ने सम्भावना अन्तिम खेल सम्म पनि बाँकी रहन्छ । अबको खेल गुमायौं भने हाम्रो सम्भावना टुंगिन्छ ।’
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]