default_image

8 years ago

November 7, 2017

युनाइटेडका पूर्व प्रशिक्षक डेभिड मोयसले वेस्ट ह्याम सम्हाल्ने

120 views

0 Bookmark

लण्डन (एजेन्सी) – पूर्व म्यानचेस्टर युनाइटेड तथा एभर्टनका प्रशिक्षक डेभिड मोयसले वेस्ट ह्यामको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । वेस्ट ह्यामले हिजो मात्रै प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको थियो ।


“डेभिड मोयस प्रिमियर लिगमा निकै सम्मानित प्रशिक्षक हुन् । उनलाई यस लिगको ज्ञान पनि उत्तिकै छ । उनले खेलाडिहरुको क्षमता उकास्न मद्दत गर्ने छन्,” वेस्ट ह्यामका अध्यक्ष डेभिड सुलिभानले जनाए ।

सन् २००२ देखि २०१३ सम्म एभर्टन सम्हालेका मोयस २०१३/१४ को सिजनमा म्यानचेस्टर युनाइटेडमा नियुक्त भएका थिए । तर खराब प्रदर्शनका कारण उनी बर्खास्त भए । गत साल सन्डरल्यान्डलाई सम्हालेका उनी सन्डरल्यान्ड रेलिगेट परे पछि जागिरविहीन भएका थिए ।

लिगमा खराब सुरुवात गरेको वेस्ट ह्याम अहिले अंक तालिकाको १८ औं स्थानमा रहेको छ । मोयसले आफ्नो पहिलो खेल लयमा रहेको वाटफोर्डसँग १९ नोभेम्बरमा खेल्ने छन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.