default_image

8 years ago

November 7, 2017

कुमारले युइएफएको फुटबल व्यवस्थापन कोर्स गर्ने

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापा युरोपेली फुटबल महासंघ (युइएफए) ले सञ्चालन गर्ने फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको कोर्समा सहभागिता जनाउने भएका छन् ।

थापा उक्त कोर्षका लागि एसियाली महादेशबाट छनोट हुने एक्लो एसियन खेलाडी हुन् । उक्त कोर्षमा विभिन्न देश र क्लबबाट खेलिसकेका २५ जना अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने छ ।

यस कोर्षमा फ्रान्सका विश्वकप विजेता युरी जोकायफ, ब्राजिलका विश्वकप विजेता गिल्बर्टो सिल्भा, जर्मनीका महिला विश्वकप विजेता टिमकी आनेका खान, स्पेनका पुर्व खेलाडी मोन्डिएटा, पिएसजीका टिम को-अर्डिनेटर म्याक्सवेल र आइभोरीकोष्टका खेलाडी तथा सेल्टिकका सहायक प्रशिक्षक कोलो टुरेलगायतको उपस्थिति रहनेछ । कोर्ष नोभेम्बर १३ तारिखबाट शुरु हुँदैछ ।

कार्यक्रममा बोल्दै थापाले नेपाली फुटबलमा लागेकै कारण यस्तो सफलता हात पार्न सकेको बताउँदै नेपाली फुटबललाई धन्यवाद दिए । एसियाली फुटबल महासंघ (एएफसी) कै कोर्स पाउन मुस्किल हुने अवस्थामा सिंगो एसियाली महादेशबाट एक मात्र खेलाडीको रुपमा छनोट हुन पाउनु गर्वको विषय रहेको बताए ।

यस्तै थापाले यस कोर्षका लागि २७ हजार युरो युइएफएबाट प्राप्त गरेको र त्यो रकम अपुग हुने भन्दै सहयोगको लागि नेपाल सरकार, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद (राखेप), नेपाल ओलम्पिक कमिटि, अखिल नेपाल फुटबल संघ (एन्फा), व्यापारिक घरना र व्यवसायिक प्रतिष्ठानहरुसँग सहयोगको लागि अपिल गरेको छन्।

यस्तै फुटबल विश्लेषक नवीन पाण्डेले थापाले उदाहारणीय उपलब्धि हासिल गरेको बताए । पाण्डेले यस्तो उदाहारणीय कामले नेपालमा मात्र नभई दक्षिण एसियाली क्षेत्रको आँखा खोल्ने काम गरेको बताए । उनले थापालाई कोर्सका लागि सहयोग स्वरुप आफ्नो टिमले आउने जाने टिकट उपलब्ध गराउने घोषणा गरे ।

यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले थापाको यो उपलब्धि गर्व गर्ने विषय रहेको बताए । ‘कुमार हाम्रो लागि जहिले पनि अब्बल देखियो । यो कोर्षमा पनि अब्बल नै रहोस् भन्ने कामना छ । यसबाट नेपाली फुटबलले फाइदा लिन सकोस् ’ आचार्यले भने ।

दोस्रो संस्करणको कोर्ष युरोपका विभिन्न सात देश स्वीट्जरल्याण्ड, फ्रान्स, इंग्ल्याण्ड, स्पेन, नेदरल्याण्ड्स, जर्मनी र अमेरिकामा सञ्चालन हुनेछ । यस कोर्षको परीक्षा सन् २०१९ मे ३१ म युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल दौरान हुनेछ । दुई वर्षसम्म सञ्चालन हुने कोर्ष सन् २०१९ नोभेम्वर १४ मा स्वीट्जरल्याण्डको नियोनमा सम्पन्न हुनेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.