8 years ago
November 29, 2017
काकारभिट्टा( हाम्रो खेलकुद)– मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब र आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीच प्रतिस्पर्धा हुँदैछ ।
आजको विजेताले फाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आमीले हिजो अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ३–० को जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्नेछ । मनाङले आजको खेल जित्न सके वर्षको दोस्रो नकआउट उपाधिका लागि चुनौति पेश गर्नेछ । भदौमा मनाङले चितवनमा जेसिज कपको उपाधि जितेको थियो ।
गत साता भने टोली सताक्षी गोल्ड कपको फाइनलमा आर्मीसँग पराजित भएको थियो । आज आयोजकलाई हराउन सके मनाङले लगातार दोस्रो साता आर्मीसँग फाइनल खेल्नेछ । मनाङ गत वर्षको सर्वाधिक सफल टोली हो । गत वर्ष टोलीले ४ नकआउट उपाधि जित्दा आर्मी र सिएमजी क्लब संकटाले समान ३ उपाधि जितेका थिए ।
काकरभिट्टामा पनि मनाङको यात्रा सहज रहेन । अग्नी रुपन्देहीलाई सडन डेथमा हराउँदै मनाङ अन्तिम चारमा पुगेको थियो । आयोजक टोलीले भने हिमालयन शेर्पाको चुनौतिलाई १–० ले पाखा लगाउँदै अघि बढेको थियो । मोसफलको सर्वाधिक पुरस्कार राशी रहेको काकरभिट्टा गोल्ड कपको विजेताले उपाधिसहित ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]