8 years ago
November 30, 2017
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २-१ ले हराएको छ । सिटीको लागि इन्जुरी समयमा रहिम स्टेर्लिङले निर्णायक गोल गरेका थिए ।
केभिन डे ब्रुयनले खेलको ४७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर साउथह्याम्पटनका ओरियल रोमेउले ७५ औं मिनेटमा एक गोल फर्काए । सिटीको जितको यात्रालाई कायम राख्दै अन्तिम समयमा स्टेर्लिङले गरेको प्रहार टोलीलाई खेलबाट ३ अंक लिन पनि पर्याप्त रह्यो ।
त्यस्तै एन्टोनियो रुडिगरको गोलको मद्दतले चेल्सीले स्वान्सिलाई १-० ले हराउन सफल रह्यो । अर्को बलियो टोली आर्सनलले हडर्सफिल्डमाथि ५-० को जित दर्ता गर्यो । आर्सनलका लागि ओलिभर जिरुडले दुई गोल, एलेक्जान्डर लाकाजेट , मेसुट ओजिल र एलेक्सिस सान्चेजले एकएक गोल गरे ।
साडियो मानेको एक तथा मोहम्मद सालाहको दुई गोलको मद्दतले लिभरपुल पनि स्टोकलाई ३-० ले हराउन सफल भयो । एभरटनको वेस्ट ह्याममाथि ४-० को जितमा वायन रुनीले ह्याट्रिक पनि गरेका थिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]