8 years ago
December 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुट-आउटमा हराउँदै मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको उपाधि जितेको छ । यो आर्मीको वर्षको तेस्रो उपाधि हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुट-आउटमा पुगेको हो । सुट-आउटमा आर्मीले ३-२ ले बाजी मार्यो । आर्मीका लागि गोलकिपर विकेश कुथुले मनाङको तीन पेनाल्टी बचाउँदै उपाधि सुनिश्चित गरेका थिए ।
विकेशले अनिल गुरुङ, कमल श्रेष्ठ र निराजन मल्लको पेनाल्टी बचाऊ गरेका थिए । मनाङका विमल बस्नेत र हेमन गुरुङले भने पेनाल्टी परिणत गरे । त्यस्तै जितेन्द्र कार्की र पदम तामाङ पेनाल्टीबाट चुके भने नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले भने पेनाल्टीलाई सहि दिशा दिँदै टोलीलाई जिताए ।
यस जितसँगै आर्मीले रु. आठ लाख उपाधिस्वरुप जित्यो भने दोस्रो भएको मनाङले ४ लाख हात पार्यो । सताक्षी गोल्डकपमा पनि मनाङ आर्मीसँग फाइनलमा पराजित भएको थियो र आर्मीले त्यो भन्दा अघि विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]