8 years ago
December 2, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता चेल्सीले न्युकासललाई ३-१ ले हराएको छ । घरेलु टोलीको जितमा एडेन हाजार्डले दुई गोल गरेका थिए ।
खेलको सुरुवाततिर न्युकासलले ड्वाइट गेलमार्फत खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । तर हाजार्डले २१ औं मिनेटमा र एल्भारो मोराटाले ३३ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा एडेन हाजार्डले पुन: गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
त्यस्तै लिभरपुलले पनि ब्राइटनलाई ५-१ ले हराएको छ । लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा एम्रे चान र फिलिप कौटिन्होले १-१ गोल गरे । अर्को गोल भने ब्राइटनको खेलाडि लुइस डंकद्वारा आत्मघाती गोल भएको थियो ।
त्यस्तै अर्को बलियो टोली टोटनह्याम भने वाटफोर्डसँग १-१ को बराबरीमा रोकिन पुग्यो । वाटफोर्डलाई क्रिस्टियन काबासिलले अग्रता दिलाएका थिए भने हिउङ मिन-सनले टोटनह्यामका लागि एक गोल फर्काएका थिए ।
प्रिमियर लिगका अन्य खेलहरुको नतिजा:
एभर्टन २-० हडर्सफिल्ड
लेस्टर १-० बर्नली
स्टोक २-१ स्वान्सि
वाटफोर्ड ०-० क्रिस्टल प्यालेस
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]