8 years ago
December 3, 2017
पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) स्ट्रासबर्गसँग २-१ ले पराजित भएको छ । सो हार बेहोरे पनि पिएसजी अग्रस्थानमा ९ अंकले अगाडि छ ।
घरेलु टोलीका लागि जुवा डा कोस्टाले १३ औं मिनेटमा गोल गर्दै आश्चर्यजनक अग्रता दिलाएको थियो । तर पहिलो हाफ सकिन केहि मिनेट बांकि हुँदा किलियन बाप्पेले खेल बराबरी पारेका थिए । तर डा कोस्टाको पासमा स्टेफेन बाहोकेनले ६५ औं मिनेटमा गोल गर्दै पिएसजीलाई निराश पारेको थियो ।
यस जितसँगै स्ट्रासबर्ग तालिकाको सोह्रौं स्थानमा उक्लेको छ । पिएसजीको भने १६ खेलमा ४१ अंक छ । दोस्रोमा रहेको साविक विजेता मोनाकोको उत्तिकै खेलमा ३२ अंक रहेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]