8 years ago
December 3, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-१ ले हराएको छ । युनाइटेडको जितमा जेसे लिन्गार्डले दुई गोल गरेका थिए ।
म्यानचेस्टर युनाइटेडले खेलको सुरुवाती केहि मिनेटमै २-० को अग्रता लिएको थियो । डिफेन्डर एन्टोनियो भ्यालेन्सियाले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जेसे लिन्गार्डले गरेका थिए ।
आर्सनलका एलेक्जान्डर लाकाजेटले दोस्रो हाफको ४८ औं मिनेटमा एक गोल फर्काए पनि लिन्गार्डले पुन: ६३ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
७६ औं मिनेटमा मिडफिल्डर पल पोग्बा रातो कार्ड खाँदै मैदान छोडेका थिए । यस खेलमा आर्सनल निकै राम्रो खेले पनि युनाइटेडका गोलकिपर डेभिड डे गेयाले १४ बचाऊ गर्दै घरेलु टोलीलाई कुनै मौकै दिएनन् ।
यस जितसँगै युनाइटेड तालिकाको दोस्रो स्थानमा यथावत् छ भने आर्सनल एक स्थान तल खसै पाँचौंमा पुगेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]