default_image

8 years ago

December 4, 2017

‘अनुशासनहिन’ नेयमार

154 views

0 Bookmark

पेरिस (एजेन्सी) – विश्वका कीर्तिमानी र महंगा खेलाडी नेयमार पिएसजीसँग आबद्ध भएको केहि महिना मात्र बित्दै छ । पिएसजीसँग लिगका १२ खेलमा नेयमारले ९ गोल गरिसके, तर जति राम्रो उनको गोल गर्ने आँकडा छ , त्यति नै अनुशासनको कमि उनमा देखिएको छ ।

neymar

पिएसजीसँग १२ खेलमा मात्र उनले ५ पटक पहेलो कार्डको सामना गरे भने १ पटक रातो कार्ड पनि पाएका छन् । यस आँकडाले उनमा अनुशासनको कमि भएको देखाउँछ । अघिल्लो खेलमा फ्रान्सको शिर्ष लिगमा नवप्रवेशी क्लब स्ट्रासबर्गसँग पिएसजीले सिजनको पहिलो हार बेहोर्दा पनि नेयमारले पहेलो कार्डको सामना गरे । खेलको इन्जुरी समयमा डिमिट्री लियनार्डलाई कठोर ट्याकल गरेका नेयमारलाई पहेलो कार्ड देखाइएको थियो ।

खेलपछि लियनार्डले गरेको खुलासाले नेयमारले नियतबस ट्याकल गरेको देखाउँछ । ‘तिमि डाइभ गर्दैछौ’ , नेयमारले लियनार्ड फौल गरेपछि भनेका थिए । लियनार्डले यसमा असन्तुष्ट हुँदै बताए , ‘मैले नेयमारलाई त्यसबेला तिमी स्टार हौ र मनलाग्दी गर्छौ तर मेरो अघि यस्तो गर्दा म तिमीलाई चोट पुर्याउन चाहान्छु भन्नु पर्ने रहेछ ।’

नेयमारले मुख्यतः खेलाडीहरु र रेफ्रीसँग वहस गर्दा पहेलो कार्ड पाएका छन् । मार्सेलसँग पनि उनि रेफ्रीसँग भनाभन गर्ने क्रममा रातो कार्ड पाएका थिए । त्यसै कार्डका कारण निससँगको खेल गुमाएका उनले अब लिलीसँगको खेलपनि प्रतिबन्धमा बिताउनु पर्नेछ ।

एक असल र उदाहरणीय खेलाडी बन्न नेयमारले अनुशासनमा सुधार ल्याउन जरुरी छ । यसले उनीमाथि विश्वास गरेर ठूलो रकम लगानी गरेको पिएसजी र नेयमार स्वयम्लाईपनि फाइदा पुर्याउने छ ।

neymar red

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.