8 years ago
December 4, 2017
म्यानचेस्टर (एजेन्सी) – गए राति इङ्लिस प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २-१ ले हराएको छ । सिटीको जितमा मिडफिल्डर डेभिड सिल्भाले निर्णायक गोल गरेका थिए ।
खेलको ४४ औं मिनेटमा वेस्ट ह्यामका एन्जेलो ओग्बोन्नाले गोल गर्दै टोलीलाई आश्चर्यजनक अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आगमन गर्दै सिटीले दुई गोल फर्कायो ।
खेलको ५७ औं मिनेटमा निकोलस ओटामेन्डीले सिटीका लागि गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यस्तै केभिन डे ब्रुयनको पासमा खेलको ८३ औं मिनेटमा सिल्भाले गोल गर्दै टोलीको पुरा ३ अंक सुनिश्चित गरे ।
यो जित सिटीको लगातार तेह्रौं जित थियो । सिटी १५ खेलमा ४३ अंकका साथ अग्रस्थानमा छ र प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडभन्दा ८ अंकले अगाडि रहेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]