8 years ago
December 5, 2017
बार्सिलोना( एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले पूर्व सहकर्मी नेयमारलाई भविष्यमा रियल म्याड्रिडमा जाने आफुले नदेखेको बताएका छन् । ब्राजिलियन सुपर स्टार नेयमार यहि सिजन विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए ।
तर, क्लबका अर्का स्ट्राइकर इडिन्डस काभानीसँगको सम्बन्ध चिसो हुँदै गएकाले उनले पिएसजी चाँडै छाड्ने अनुमान गरिएको छ । नेयमार पुन ला लिगामा फर्कने र रियल जाने सम्भावनाका विषयमा स्वारेजले मार्कासँग भने, ‘नेयमार रियल जान्छन् भन्ने मलाई लाग्दैन । कम्तीमा अहिले मैले त्यो सम्भावना देखेको छैन । बार्सिलोना प्रति उनले देखाउने इज्जत र पूर्व सहकर्मीहरुका कारण पनि उनी रियल जाने मैले कल्पना गरेको छैन ।’
स्वारेजले नेयमारका लागि क्लब छोड्ने निर्णय कठिन रहेको हुन सक्ने अनुमान पनि गरे । नेयमारप्रति सम्मान दर्शाउने क्रममा स्वारेजले भने , ‘आफ्नो परिवारको साथ लिएर उनले नयाँ चुनौतिलाई लिने निर्णय गरे । उनले बार्सिलोनाका लागि धेरै गरेका छन्, हामी त्यसलाई स्मरण गरिरहनेछौं ।’
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]