default_image

6 years ago

December 5, 2017

‘रियलका लागि जिदान नै उपयुक्त’

  म्याड्रिड (एजेन्सी)– झन्डै एक दशक यता पहिलो पटक टोलीले सिजनमा खराब सुरुआत गर्नका वावजुद रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले क्लबको प्रशिक्षकका लागि जिनेदिन जिदाननै उपयुक्त व्यक्ति भएको बताएका छन् । सन् २००८ यता लि लिगामा रियलको यो सबैभन्दा खराब सुरुआत हो । शनिबार शीर्षस्थानको बार्सिलोनासँग अंक दुरीलाई छोट्याएर ६ अंकमा झार्ने अवसरलाई पनि रियलले […]

26 views

0 Bookmark

 

म्याड्रिड (एजेन्सी)– झन्डै एक दशक यता पहिलो पटक टोलीले सिजनमा खराब सुरुआत गर्नका वावजुद रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले क्लबको प्रशिक्षकका लागि जिनेदिन जिदाननै उपयुक्त व्यक्ति भएको बताएका छन् । सन् २००८ यता लि लिगामा रियलको यो सबैभन्दा खराब सुरुआत हो ।


रियलका अध्यक्ष पेरेजका साथ जिदान (दायाँँ)।

शनिबार शीर्षस्थानको बार्सिलोनासँग अंक दुरीलाई छोट्याएर ६ अंकमा झार्ने अवसरलाई पनि रियलले चुकाएको थियो । जहाँ रियलले एथलेटिको बिलबावोसँग गोलरहित बराबरी खेलेको थियो । त्यो परिणामसँगै रियल चौथो स्थानमा रहेको छ । १४ खेलको समाप्तीमा रियल बार्सिलोनाभन्दा अझै ८ अंकले पछाडि परेको छ ।

उपाधि रक्षाका लागि रियलले निकै संघर्ष गर्नुपर्ने देखिएको छ । तथापी अध्यक्ष पेरेज प्रशिक्षक जिदानको पक्षमा उभिएका छन् । नौं वर्षयताकै कमजोर सुरुआत भएपनि टोलीलाई पुनः प्रतिस्पर्धात्मक अवस्थामा ल्याउन जिदानको मनोबल उच्च रहेको अध्यक्ष पेरेजले विश्वास लिएका छन् ।

‘सम्भव भएमध्य जिदान अहिलेका उत्कृष्ट नेतृत्वकता हुन् । उनले जे उपलब्धी हासिल गरेका छन्, ती असाधारण छन्,‘उनी उत्कृष्ट प्रशिक्षक र टोलीका रोल मोडल हुन् । उनले यो सिजन स्पेनिस कप र युरोपिन सुपर कप जिजितसको छन् । हामीलाई असम्भव लाग्ने युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि रक्षा गरेका छन् । जसले हामीलाई आशावादी बनाएको छ ।


रियलका प्रशिक्षक जिदान ।

अध्यक्ष पेरेजले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कमजोर फर्मको पनि बचाउ गरेका छन् । रोनाल्डोले लिगका १० खेलमा अहिले सम्म २ गोल मात्र गरेका छन् भने बिलबावोसँगको पछिल्लो खेलमा पनि धेरै अवसर गुमाएका थिए । ‘रोनाल्डो अहिले पनि उत्तिकै महत्वपूर्ण खेलाडी हुन् । उनी क्लबको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्’ उनले भने, ‘उनले पाँचौं बालोन डि’ ओर पनि जित्नेछन् ।’

अध्यक्ष पेरेज र प्रशिक्षक जिदानपछि नियमित सम्वाद भइरहेको बताइएको छ । क्लबबाट तर्फबाट प्रशिक्षकको हौसला बढाउनका लागि समर्थकहरुलाई सन्देश पनि दिने गरिएको उल्लेख गरिएको छ । अक्टुबरमा मात्रै चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेलाई पछि पार्दै जिदानले फिफाको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका थिए । क्लबका महान खेलाडी समेत रहेका जिदानकै प्रशिक्षणमा रियल पहिलो पटक लगातार दुई पटक च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो टोली बन्न सफल भएको थियो ।

उपाधि रक्षा गर्ने क्रममा मेमा रियलले युभेन्ट्सलाई ४–१ ले हराएको थियो । अहिले पनि रियल उपाधि रक्षाको अभियानमा अघि बढी रहेको छ । समूह ‘एच’ बाट टोटेनह्यामपछि उपविजेताका रुपमा रियल अन्तिम १६ मा पुगिसकेको छ । नकआउट चरणमा पुगिसकेको रियलले बुधबार समूह चरणको अन्तिम खेलमा बोरुसिया डर्टमन्डको सामना गर्दैछ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.