8 years ago
December 6, 2017
बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोनाले स्पोर्टिङलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा पाको अल्कासेरले एक गोल गरे भने अर्को गोल स्पोर्टिङको खेलाडिद्वारा आत्मघाती गोल भएको थियो ।
समूहको अर्को खेलमा युभेन्टसले ओलम्पियाकोसलाई २-० ले नै हराएको हो । यस समूहबाट बार्सिलोना र युभनेटस अघिल्लो चरण प्रवेश गरेका छन् ।
त्यस्तै घरेलु लिगमा सिजनको पहिलो हार बेहोरेको पिएसजीले च्याम्पियन्स लिगमा पनि आफ्नो पहिलो हार बेहोर्यो । बायर्नको घरेलु मैदानमा पिएसजी ३-१ ले पराजित हुन पुग्यो । यस हारको बावजुद पिएसजी समूह ‘बि’को अग्रस्थानमा रहँदै छनोट भएको हो भने उत्तिकै अंकसहित हेड टु हेडमा बायर्न दोस्रो स्थानमा रह्यो ।
यसैगरी समूह ‘सी’मा चेल्सी र एट्लेटिको म्याड्रिड १-१ को बराबरीमा रोकिए । रोमाले काराबागलाई १-० ले हराउँदै समूहको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने चेल्सी दोस्रो स्थानमा रह्यो । एट्लेटिको म्याड्रिड भने समूहबाटै बाहिरिन पुग्यो ।
म्यानचेस्टर युनाइटेडले पनि सिएसकेए मस्कोलाई २-१ ले हराउँदै अघिल्लो चरणमा आफ्नो स्थान पक्का गर्यो । समूह ‘ए’ को अर्को खेलमा बासेलले बेन्फिकालाई २-० ले हराउँदै आफ्नो स्थान पनि नक-आउट चरणमा सुनिश्चित गर्यो ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]