8 years ago
December 6, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगमा आज राति साविक विजेता रियल म्याड्रिड जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्दै छ । रियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ ।
समूह एचको अन्य खेलमा टोटनह्यामले एपोएल निकोसियाको सामना गर्दै छ । टोटनह्याम र रियल म्याड्रिड यस अघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।
यस्तै समूह एफमा म्यानचेस्टर सिटी शाख्तार दोनेस्कको सामना गर्दै छ भने नेपोली र फेयेनूर्ड भिड्दै छ । यस समूहबाट सिटी मात्र छनोट भएको छ र आजका खेलहरुले छनोट हुने दोस्रो टोलीको छिनोफानो लगाउने छ ।
यसैगरी समूह ईमा लिभरपुल स्पार्टाक मस्को तथा मेरिबोर सेभिल्लासँग भिड्दै छ । मेरिबोरवाहेक तीनै टोलीको छनोटको सम्भावना जीवितै छ ।
त्यस्तै समूह ‘जी’मा बेसिक्टास आरबी लेपजिगको सामना गर्दै छ भने पोर्टो मोनाकोसँग भिड्दै छ । बेसिक्टास पहिले नै छनोट भइसक्यो भने मोनाको बाहिरिसकेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]