default_image

8 years ago

December 7, 2017

च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को किर्तिमान

115 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अर्को किर्तिमान बनाएका छन् । हाल च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको किर्तिमान आफ्नो नाममा राखेको रोनाल्डोले समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

च्याम्पियन्स लिगमा १ सय १४ गोल गरेका पोर्चुगेली स्टार रोनाल्डोको नाममा एकै सिजनमा समूह चरणमा सर्वाधिक गोल गर्ने किर्तिमान पनि छ (२०१३/१४ मा १७ गोल)। तर समूह चरणको सबै ६ खेलमा कुनै खेलाडीले गोल गरेको थिएनन। १९९५ /९६ मा डेल पिएरो र १९९७/९८ मा शेर्ही रेब्रोभले पहिलो ५ खेलमा गोल गरेपनि छैठौ खेलमा गोल गरेका थिएनन ।

बोरुसिया डर्टमाउण्डसँगको ३-२ को जितमा रोनाल्डोले १२ औं मिनेटमा रियलको दोस्रो गोल गर्दै उक्त किर्तिमान आफ्नो नाममा गरेका हुन् । समूह चरणको अन्तिम खेलमा विजयी भएपनि रियल उपविजेताको रुपमा अन्तिम १६ मा भिड्ने छ । एपोएल निकोसालाई २-० ले हराएको टोटेनह्याम समूह विजेता बनेको हो ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.