8 years ago
December 7, 2017
पेरिस (एजेन्सी) – विश्व फुटबलको प्रख्यात र सम्मानित अवार्ड बलोन डि ओर आज प्रदान गरिँदै छ । वर्षको उत्कृष्ठ खेलाडिलाई दिइने सो अवार्ड आज राति नेपाली समयअनुसार १२.३० बजे वितरण हुने छ ।
यस वर्षको अवार्ड टोटनह्याम तथा न्युकासलका पूर्व खेलाडि डेभिड जिनोलाले प्रदान गर्ने छन् । यो बलोन डि ओरको ६२ औं संस्करण हो । सन् २००७ यता हरेक पटक यस अवार्ड क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले हात पारेका छन् ।
यस वर्ष पनि रोनाल्डो र मेस्सी मध्ये एक जनाले नै यस अवार्ड जित्ने देखिन्छ । रोनाल्डोले पोर्चुगललाई युरोकप तथा रियललाई ला लिगा र च्याम्पियन्स लिग जित्न मद्दत गरेका थिए । त्यस्तै मेस्सी भने यस वर्ष रोनाल्डोभन्दा गोलकर्ताको सूचीमा धेरै अगाडि रहेका छन् र यस सिजन ला लिगाको गोलकर्ताको सूचीमा पनि अग्रस्थानमा छन् ।
बलोन डि ओरले सार्वजनिक गरेको सर्ट लिस्ट:
नेयमार – पिएसजी
एन्गोलो कान्टे – चेल्सी
लुका मोड्रिच – रियल म्याड्रिड
पाउलो डिबाला – युभेन्टस
मार्सेलो – रियल म्याड्रिड
एडिन जेको – रोमा
ह्यारी केन – टोटनह्याम
डेभिड डे गेया – म्यानचेस्टर युनाइटेड
रोबर्ट लेवान्डोस्की – बायर्न म्युनिख
केभिन डे ब्रुयन – म्यानचेस्टर सिटी
करिम बेन्जेमा – रियल म्याड्रिड
पियर एम्रिक अबामेयाङ – बोरुसिया डर्टमन्ड
एडिन्सन काभानी – पिएसजी
फिलिप कौटिन्हो – लिभरपुल
लुइस स्वारेज – बार्सिलोना
जान ओब्लाक – एट्लेटिको म्याड्रिड
सर्जियो रामोस – रियल म्याड्रिड
ड्रायस मर्टेन्स – नेपोली
राडामेल फाल्काओ – मोनाको
साडियो माने – लिभरपुल
जियानलुइजी बुफोन – युभेन्टस
एन्टोइन ग्रीजम्यान – एट्लेटिको म्याड्रिड
टोनी क्रुस – रियल म्याड्रिड
क्रिस्टियानो रोनाल्डो – रियल म्याड्रिड
एडेन हाजार्ड – चेल्सी
लियोनार्डो बोनुची – एसी मिलान
इस्को – रियल म्याड्रिड
लियोनल मेस्सी – बार्सिलोना
म्याट्स हम्मेल्स – बायर्न म्युनिख
किलियन बाप्पे – पिएसजी
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]