default_image

8 years ago

December 8, 2017

रोनाल्डोलाई पाँचौ बलोन डि ओर उपाधि , मेस्सीसँग बराबरी

112 views

0 Bookmark

पेरिस (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर अवार्ड हात पारेका छन् । मेस्सी र नेयमारलाई पछि पार्दै रोनाल्डोले उपाधि जितेका हुन् । मेस्सी दोस्रो र नेयमार तेस्रो भए । २००८ , २०१३ , २०१४ , २०१६ र यसपटक गरेर यो रोनाल्डोको पाँचौ उपाधि हो ।

ronaldo

अघिल्लो सिजन रोनाल्डोले म्याड्रिडलाई च्याम्पियन्स लिग र २०१२ यता पहिलो पटक ला लिगाको उपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पोर्चुगललाई युरो-२०१६ जित्न सघाएका रोनाल्डोले म्याड्रिडका लागि अघिल्लो सिजन सबै खेलहरुमा ४२ गोल गरेका थिए ।

रोनाल्डोले ९४६ अंक प्राप्त गरेका थिए भने दोस्रो भएका मेस्सीले ६७० अंक प्राप्त गरे। त्यस्तै हाल पेरिस सेन्ट जर्मनमा रहेका नेयमार ३६१ अंकसहित तेस्रो भए । शीर्ष दशमा क्रमश : जियानलुइजी बुफोन, लुका मोड्रिच, सर्जियो रामोस, किलियन बाप्पे, एन्गोलो कान्टे, रोबर्ट लेवान्डोस्की र ह्यारी केन छन् ।

‘म हरेक वर्ष यो अपेक्षा गरेको हुन्छु । म रियलका साथिहरुलाई र मलाई यस उपाधि जित्न मद्धत गर्ने सबैलाई धन्यबाद दिन चहान्छु ‘, रोनाल्डोले पेरिसको आइफेल टावरमा उपाधि पाएपछि भने ।

‘मेस्सीसँगको मेरो प्रतिस्पर्धा चलिरहोस् भने कामना गर्छु किनभने यो राम्रो कारणको लागि नै भइरहेको छ ‘, उनले थपे ।

फ्रान्स फुटबलले प्रदान गर्ने यस अवार्डमा ६ वर्ष फिफाको पनि साथ थियो । तर सेप्टेम्बर २०१६ यता फिफाले यस अवार्डबाट आफ्नो सहभागिता फिर्ता लिएको हो । बलोन डिमा  ओर संसार भरका १ सय ७३ पत्रकारहरूले भोट गर्छन् ।  

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.