8 years ago
December 8, 2017
पेरिस (एजेन्सी) – संसार भरका १ सय ७३ पत्रकारहरूले भोटको आधारमा क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर उपाधि जिते । त्यस्तै मेस्सी दोस्रो र नेयमार तेस्रो भए ।
अघिल्लो सिजन बार्सिलोनामा गरेको प्रदर्शनको आधारमा नेयमार तेस्रो भएपनि यस सिजन भने उनी फ्रान्सेली क्लब पिएसजीसँग आबद्ध छन् । ३० खेलाडीको सूचीमा परेका बार्सिलोनाका लुइस स्वारेज १३ औं स्थानमा परे । तसर्थ शिर्ष १० मा बार्सिलोनाबाट मेस्सीमात्र पर्न सफल भए ।
यस्तो छ बलोन डि ओर शिर्ष १० को नतिजा
१०. ह्यारी केन (टोटेनह्याम)
९. रोबर्ट लेवानड्वोसकी (बायर्न म्युनिख)
८. एन’गोलो कान्टे (चेल्सी)
७. किलियन बाप्पे (पिएसजी)
६. सर्जियो रामोस
५. लुका मोड्रिक
४. जियानलुइगी बुफोन
३. नेयमार
२. लियोनल मेस्सी
१. क्रिस्टियानो रोनाल्डो
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]