8 years ago
December 10, 2017
लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्यामले स्टोक सिटीमाथि ५-१ को सहज जित निकाल्यो । टोलीको जितमा हिउङ मिन सन र स्ट्राइकर ह्यारी केन नायक रहे ।
स्टोकका कप्तान रायन सक्रसको आत्मघाती गोलबाट खेलमा अग्रता लिएको टोटनह्यामले सनको एक तथा केनको दुई गोलको मद्दतले स्कोर ४-० बनाएको थियो ।
मिडफिल्डर क्रिस्टियन एरिक्सनले काउन्टर अट्याकमा अझै एक गोल थप्दै टोलीको पाँचौं गोल गरे । खेलको ८० औं मिनेटमा सक्रसले आफैं गोल गर्दै भ्रमणकारी टोलीलाई एक सान्तवना गोल पनि दिलाएका थिए ।
यसैगरी जोहान गुडमुन्सनको निर्णायक गोलमा बर्नलीले वाटफोर्डलाई १-० ले हरायो । यस जितसँगै बर्नली तालिकाको सातौं स्थानमा यथावत् छ भने टोटनह्याम पनि हालका लागि पाँचौं स्थानमा उक्लेको छ ।
गए राति प्रिमियर लिगमा खेलिएका अन्य खेलहरुको नतिजा:
क्रिस्टल प्यालेस २-२ बोर्नमथ
हडर्सफिल्ड २-० ब्राइटन
स्वान्सी १-० वेस्ट ब्रोम
न्युकासल २-३ लेस्टर सिटी
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]