default_image

8 years ago

December 10, 2017

एन्फा कार्यसमिति बैठक बस्दै, थ्री स्टारले क्षतिपूर्ति अझै पाएन

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न निर्वाचन सम्बन्धि विश्व फुटबल महासंघ (फिफा) को पत्र प्राप्त भइ नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठकमा मुख्यतः निर्वाचनकै विषयमा छलफल हुने बताइएपनि अब नयाँ प्रस्तावित मितिलाई फिफाले स्वीकृति दिन्छ दिदैन भन्नेमा एन्फा कुरिरहेको छ ।

‘पूर्व निर्धारित समयमा निर्वाचन गर्न नसक्नुको कारण खुलाएर हामीले पत्र डिसेम्बर ३ मा पत्र पठाएका थियौं ’ एन्फाका कार्यवहाक प्रवक्ता समेत रहेका सह महासचिव सञ्जिव मिश्रले भने, ‘त्यसपछि फिफाको कुनै पत्र प्राप्त भएको छैन । हामीले त्यसअघि नै यो बैठक तय गरिसकेकाले आज बस्न लागेका हौं । मुख्यतः निर्वाचनकै विषयमा छलफल हुनेछ । ’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्वाचन आयोगको स्वीकृति लिएर मात्र निर्वाचन गर्न भनेपछि एन्फाले त्यहि अनुरुप प्रक्रिया अघि बढाएको थियो । निर्वाचन आचारसंहिताका आधारमा निर्वाचनका लागि सहमति दिन नसकिने बताएपछि एन्फाले जिल्ला र केन्द्रको नयाँ मिति तय गर्दै स्वीकृतिका लागि फिफामा पत्रचार गरेको बताएको थियो ।

‘हामीलाई निर्वाचन गर्न पाइन्न भनिएन । निर्वाचनका लागि सहमति दिन नसकिने भनेपछि हामीले निर्वाचन सार्ने प्रस्ताव अघि बढाएका हौं ’ कार्यवहाक प्रवक्ता मिश्रले भने, ‘फिफाको जवाफ आउने वित्तिकै हामी प्रक्रियामा अघि बढ्नेछौं ।’ एन्फाले नयाँ मिति अनुसार पुस ५ देखि माघ ५ गते सम्म जिल्ला र चैत १४ गतेका लागि केन्द्रिय कार्यसमितिको निर्वाचन प्रस्ताव गरेको छ ।

यसअघि असोज २३ गतेको विशेष साधारण सभाको म्यान्डेड अनुसार कात्तिक ६ गतेको कार्यसमिति बैठकले कात्र्तिक २५ देखि मंसिर २५ गते सम्म जिल्ला निर्वाचन र माघ ११ गतेलाई केन्द्रिय निर्वाचन तय गरेको थियो ।

रुस्लान थ्री स्टारले अझै क्षर्तिपूर्ति पाएन

एन्फाले सहमति बमोजिमको १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति रुस्लान थ्री स्टार क्लबलाई अझै उपलब्ध नगराएको क्लबका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले बताएका छन् । असोज १८ गते राखेप का सदस्य सचिव केशवकुमार विष्टको रोहवरमा क्षतिपूर्ति दिने सहमति र असोज २३ गते बसेको एन्फा विशेष साधारण सभाले त्यसलाई अनुमोदन गरेपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । एन्फाले तीन किस्तामा मंसिर १० गते भित्र थ्री स्टारलाई क्षतिपूर्ति दिने गरि सहमति गरेको थियो ।

ANFA Three Star

राखेपका सदस्य सचिव केशवकुमार विष्टको रोहवमा एन्फा र थ्री स्टारबीच क्षतिपूर्ति सम्बन्धि सहमति भएको थियो । फाइल तस्बिर

एन्फाका कार्यावहाक प्रवक्ता मिश्रले क्षतिपूर्ति दिन चाहेर पनि आर्थिक अभावका कारण दिन नसकेको बताएका छन् । ‘हामीले मुख्यतः प्रायोजकबाट प्राप्त हुने रकमबाट क्षतिपूर्ति दिने योजना बनाएका थियौं ’ मिश्रले भने, ‘तर, त्यसअनुरुप कार्यान्वयन हुन सकेन । हामी जत्ति सक्दो क्षतिपूर्ति उपलब्ध गराउन प्रयास गर्नेछौं ।’

एन्फाको गल्तिका कारण थ्री स्टारले पहिलो चरण छनोट भएर पनि एएफसी कपको दोस्रो चरण खेल्न पाएको थिएन । त्यसको विरोधमा थ्री स्टारले ६ करोड क्षतिपूर्ति, दोषीमाथि कारवाहीको माग गरेको थियो । माग पुरा नहुँदा सम्म थ्री स्टारले एन्फाको कुनै पनि कार्यक्रममा भाग नलिने निर्णय सार्वजनिक गरेको थियो ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.