8 years ago
December 10, 2017
म्यानचेस्टर (एजेन्सी) – आज राति प्रिमियर लिगमा सिजनकै अपेक्षित खेल म्यानचेस्टर युनाइटेड विरुद्ध म्यानचेस्टर सिटी ओल्ड ट्राफोर्डमा खेलिँदै छ । सो खेल नेपाली समयअनुसार रातिको १०.१५ बजे सुरु हुने छ ।
घरेलु टोली युनाइटेडका लागि मिडफिल्डर पल पोग्बा प्रतिबन्धित छन् भने डिफेन्डर फिल जोन्स टोलीमा आगमन गर्दै छन् । सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनी शतप्रतिशत फिट नरहे पनि खेल्ने सम्भावना रहेको छ ।
तर यस अपेक्षित खेललाई आज मौसमले भने साथ दिएको छैन । बेलुकातिर भारी हिउँ पर्ने अनुमान गरिएकाले खेल आजका लागि स्थगित हुने सम्भावना पनि रहेको छ ।
अन्य खेलमा लिभरपुलले आफ्नो छिमेकि एभर्टनसँग नेपाली समयअनुसार ८ बजे भिड्दै छ । यस खेलमा पनि मौसमले साथ नदिए खेल स्थगित हुने जनाइएको छ ।
आजको पहिलो खेलमा भने आर्सनल साथह्याम्पटनसँग ५.४५ बजे भिड्दै छ । प्रिमियर लिगका अनुसार यस खेल भने स्थगित हुने सम्भावना रहेको छैन ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]