8 years ago
December 10, 2017
दुहवी (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लब मनमोहन स्मारक दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ ११ लाई टाइब्रेकरमा ३–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले सेमिफाइनलमा अग्नी रुपन्देही ११ र हिमालयन शेर्पाको विजेतासँग सेमिफाइनल खेल्नेछ ।
आजको खेलको निर्धारित समय १–१ को बराबरीपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो । खेल सकिन ४ मिनेट दीप लामाले गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए । त्यसअघि १४ औं मिनेटमा प्रकाश बुढाथोकीको गोलमा मोरङले अग्रता लिएको थियो ।
पेनाल्टीमा मोरङका लागि निराजन खड्काले मात्र गोल गर्न सके । प्रकाश बुढाथोकी, अशोक खवास र मीन धिमालको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले रोके । विकेशनै खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।आर्मीका लागि नवयुग श्रेष्ठ, सन्तोष तामाङ र दीपले गोल गरे । भरत खवासको प्रहार भने विपक्षी गोलकिपरले रोके ।
यो वर्ष ३ नकआउट उपाधि जितिसकेको आर्मी टाइब्रकेरमा भाग्यशाली सावित रह्यो । मोहन स्मारक फाउन्डेसन र इलेभेन एरोज क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]