default_image

8 years ago

December 11, 2017

बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल

118 views

0 Bookmark

भिलारियल (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा तालिकाको अग्रस्थानमा रहेको बार्सिलोनाले भिलारियललाई २-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए ।

यस सिजन लिगमा अपराजित रहेको बार्सिलोनाले पहिलो हाफमा भिलारियलको डिफेन्सलाई तोड्न सकेन । तर घरेलु टोलीको मिडफिल्डर राबाले रातो कार्ड खाँदै मैदान छाडेपछि बार्सिलोनाले त्यसको फाइदा उठाएको हो ।

खेलको ७२ औं मिनेटमा परिवर्तित खेलाडि पाको अल्कासेरको पासमा स्वारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ८३ औं मिनेटमा सर्जियो बुस्केट्सको पासमा मेस्सीले गोल गर्दै टोलीको ३ अंक सुनिश्चित गरेका थिए ।

यस जितसँगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा ५ अंकले अगाडि पुगेको हो । १५ खेलमा बार्सिलोनाको ३९ अंक रहेको छ भने भ्यालेन्सियाको ३४, एट्लेटिको म्याड्रिडको ३३ र रियल म्याड्रिडको ३१ अंक रहेको छ ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.