8 years ago
December 11, 2017
खनेन्द्र कुमार राई (अर्जुन)
बेलबारी – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी सुनसरीको दुहवीमा जारी दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगिेको छ । आयोजक एलेभन एरोज क्लबमाथि आज ५–२ को जित हासिल गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
टोलीको जितमा सुजल श्रेष्ठले २ गोल तथा कप्तान अनिल गुरुङ, अफ्रिकिन खेलाडी पोटरिक, सुजल श्रेष्ठ, विशाल राईले गोल गरे । पराजित टोलीका लागि बुद्धिमान राई र निशान लिम्बुले गोल गरे ।
दोस्रो मिनेटमै अनिलको गोलबाट मनाङले अग्रता लिएको थियो भने त्यसको चार मिनेटपछि नै पोटरिकले गोल गर्दै अन्तरलाई दोब्बर पारेका थिए । २० मिनेटमा आयोजक टोलीका बुद्धिमानले र त्यसको केहि समयमा निशानले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
तर, २८ औं मिनेटमा सुजलको गोलबाट मनाङले पहिलो हाफमा ३–२ को अग्रता बनायो । दोस्रो हाफमा विशाल र सुजलले गोल गदैै मनाङको जित निश्चित गरे । मनाङका सुजल खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
पछिल्लो दुई नकआउट प्रतियोगितामा उपविजेता बन्दै मनाङ दुहवी पुगेको हो । सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा दुवै गोल्ड कपको फाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो ।
मोहन स्मारक फाउन्डेसन र इलेभेन एरोज क्लबले आयोजना गरेको प्रतियोगितामा मंगलबार अन्तिम क्वार्टरफाइनलम ए डिभिजन टोली हिमालयन शेर्पा र अग्नी रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका् विजेताले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
तस्बिर सौजन्य-खनेन्द्र कुमार राई (अर्जुन)
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]