8 years ago
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डअन्तर्गत उत्कृष्ट विदेशी खेलाडीको मनोनयनमा परेका छन् । मनोनयनमा ५ विदेशी खेलाडी रहेका छन् ।
टिसी स्पोर्टसका किरणसँगै स्टेवार्ट कोर्निलोस, न्यू रेडियन्ट स्पोर्टस् क्लबका गालार्डो भाल्डेस एड्रियन र रियुज पाज एन्जल लुइस र क्लब ग्रिन स्ट्रिर्सका सोबोल इला मनोनयनमा परेका छन् । माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघको संयुक्त रुपमा आयोजना हुने अवार्ड डिसेम्बर १६ मा प्रदान गरिने बताइएको छ ।
गत वर्ष पुसमा टिसी स्पोर्टस क्लब आबद्ध भएका किरणले केही महिनामै बंगलादेशमा आयोजना भएको शेख कमाल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । माल्दिभ्सको धिहेवी प्रिमियर लिग (डिपिएल) टिसी स्पोर्टसलाई दोस्रो बनाउने क्रममा उच्च प्रदर्शन गरेका थिए ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]