8 years ago
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्ड उत्कृष्ट गोलकिपरको मनोनयनमा परेका छन् । दोहोरो मनोनयनमा परेका किरण उत्कृष्ट विदेशी खेलाडीको मनोनयनमा परेका छन् । दुवैको मनोनयनमा ५ विदेशी खेलाडी रहेका छन् ।
आज सार्वजनिक गरिएको मनोनयनमा किरणसँगै उत्कृष्ट गोलकिपरको मनोनयनमा क्लब ग्रिन स्ट्रिर्सका जुन कोची, माजियाका मोहम्मद अल योसफ तथा न्यू रेडियन्टका मोहम्मद फैसल र इमरान मोहम्मद छन् । उत्कृष्ट विदेशी खेलाडीको हिजो सार्वजनिक गरिएको मनोनयनमा किरणसँगै स्टेवार्ट कोर्निलोस, न्यू रेडियन्ट स्पोर्टस् क्लबका गालार्डो भाल्डेस एड्रियन र रियुज पाज एन्जल लुइस र क्लब ग्रिन स्ट्रिर्सका सोबोल इला छन् ।
माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघको संयुक्त रुपमा आयोजना हुने अवार्ड डिसेम्बर १६ मा प्रदान गरिने बताइएको छ । दोहोरो अवार्डको मनोनयमा पर्नुलाई खेल जीवनको महत्वपूर्ण उपलब्धी भएको जनाउँदै किरणले हाम्रो खेलकुद डटकमसँग भने, ‘पहिलो वर्षमै उच्च प्रदर्शन गरे । अहिले दोहोरो अवार्डमा मनोयनमा परे , गर्व महसुस भइरहेको छ ।’
यो वर्ष स्वदेशमा दुई अवार्ड जितेका किरणले अझै राम्रो गर्न चुनौति पनि थपिएको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७३ मा उत्कृष्ट पुरुष खेलाडीका विजेता समेत रहेका किरणले युवा तथा खेलकुद मन्त्रालयको युवा प्रतिभा पुरस्कार पनि जितेका थिए ।
‘अवार्ड जितिन्छ नै भन्ने छैन । मनोनयले पनि मनोबल बढाउने काम गर्दैछ,’ आज राति प्रेसिडेन्ड्स कपमा माजियाको सामना गर्ने क्रममा रहेको किरणले भने, ‘जति सफलता प्राप्त गरिन्छ, नयाँ वर्षका लागि चुनौति पनि थपिदै जान्छ ।’
गत वर्ष पुसमा टिसी स्पोर्टस क्लब आबद्ध भएका किरणले केही महिनामै बंगलादेशमा आयोजना भएको शेख कमाल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । माल्दिभ्सको धिहेवी प्रिमियर लिग (डिपिएल) टिसी स्पोर्टसलाई दोस्रो बनाउने क्रममा उच्च प्रदर्शन गरेका थिए । टिसी स्पोर्टस् एएफसी कपका लागि पनि छनोट भएको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]