8 years ago
December 12, 2017
हडर्सफिल्ड (एजेन्सी) – प्रिमियर लिगमा आज राति साविक विजेता चेल्सीले हडर्सफिल्डको सामना गर्ने छ । हडर्सफिल्डको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार १.४५ बजे सुरु हुने छ ।
चेल्सीका लागि मुख्य स्ट्राइकर एल्भारो मोराटा घाइते भएका छन् । त्यसैले मिची ब्याटसुवायीले उनको स्थान लिने देखिन्छ । त्यस्तै मिडफिल्डर ड्यानी ड्रिन्कवाटर र डिफेन्डर डेभिड लुइज पनि चेल्सीका लागि खेलमा सहभागी हुने छैनन् ।
घरेलु टोलीका लागि चेल्सीबाटै लोनमा रहेका केसि पाल्मर खेलमा सहभागी हुने छैनन् भने राजिव भ्यान ला पारा भने टोलीमा फर्किँदै छन् । १८ अंकसहित हडर्सफिल्ड तालिकाको बाह्रौं स्थानमा रहेको छ र शनिबार ब्राइटन विरुद्ध २-० ले विजयी पनि भएको थियो ।
अर्को तर्फ चेल्सी भने वेस्ट ह्यामसँग १-० ले पराजित भएको थियो । ३२ अंकसहित चेल्सी तेस्रोमा रहेको छ । आज रातिको अन्य खेलमा बर्नली स्टोकको सामना गर्ने छ भने क्रिस्टल प्यालेस वाटफोर्डसँग भिड्दै छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]