8 years ago
December 13, 2017
हडर्सफिल्ड (एजेन्सी) – साविक विजेता चेल्सीले गए राति प्रिमियर लिगमा हडर्सफिल्डलाई ३-१ ले हराएको छ । चेल्सीको जितमा मिडफिल्डर विलियन नायक सावित भए ।
खेलको २३ औं मिनेटमा विलियनको पासमा टेमो बाकायोकेले गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर विलियन आफैंले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफको सुरुवातमा चेल्सी थप १ गोल गर्न सफल रह्यो र विलियन फेरी त्यसमा संलग्न भए । विलियनको पासमा पेड्रोले गोल गर्दै स्कोर ३-० बनाएका थिए । खेलको अन्तिम मिनेटमा भने घरेलु टोलीका लरेन्ट डेपोएट्रेले गोल गर्दै टोलीलाई सान्तवना दिलाए ।
यस जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा यथावत् छ । गए रातिको अन्य खेलमा बर्नलीले स्टोकलाई १-० ले हरायो भने क्रिस्टल प्यालेस वाटफोर्डसँग २-१ ले विजयी रह्यो ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]