8 years ago
December 13, 2017
बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले आज दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज काठमाडौंको सामना गर्दैछ । दुवही रंगशालामा खेल दिउँसो ३ः०० बजे सुरु हुने बताइएको छ ।
आजको विजेताले त्रिभुवन आर्मी क्लब वा अग्नी रुपन्देही ११ को विजेतासँग फाइनल खेल्नेछ । यो वर्ष एउटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको मनाङले आजको खेल जितेमा टोलीले यो वर्ष चौथो पटक नकआउटको फाइनल पुग्नेछ । भदौमा चितवनमा जेसिज कप जितेको मनाङले पछिल्लो दुईवटा फाइनल भने हारेको थियो ।
यसै महिना एक साताको बीचमा झापामा सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कप दुवै फाइनलमा मनाङ विभागिय टोली आर्मीसँग पराजित भएको थियो । आर्मीले भने यो वर्ष तीन वटा उपाधि जितसकेको छ । झापामा दुई उपाधि जित्नुअघि आर्मीले विशाल स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो ।
दुवहीमा मनाङले आयोजक इलेभन एरोज क्लबलाई ५–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । राष्ट्रिय फुटबल टोलीका सदस्य विक्रम लामाको कप्तानीमा रहेको चर्च ब्वाइज मोफसलको बलियो टोली रमपम झापा ११ लाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा पुगेको थियो । इलेभेन एरोज र मनमोहन स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]