8 years ago
December 14, 2017
बेलबारी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ४–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले शनिबार हुने फाइनलमा अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ ।
एकै महिना भित्र आर्मी र मनाङ तेस्रो पटक फाइनल खेल्ने भएका हुन् । यसै महिना आर्मी र मनाङले सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेलेका थिए । दुवै गोल्ड कपमा आर्मी विजयी भएको थियो ।
आज आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठले २ तथा जर्ज प्रिन्स कार्की र दीप लामाले समान १ गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएपछि दोस्रो हाफको तेस्रो मिनेटमा नवयुगले गोलको खाता खोले । त्यसको दुई मिनेटपछि (५० औं ) मिनेटमा नवयुगले अर्को गेल थपे ।
७३ औं मिनेटमा जर्ज प्रिन्सले र दीपले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै जितको अन्तरलाई फराकिलो पारेका थिए । इलेभेन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]