8 years ago
December 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ललिपुर लुभूको नेपाल डन बोस्को, झापा महेशपुरको मोरान मेमोरिअल र गोदावरी टौखेलको पुष्पान्जली मावि २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगितामा बिहीबार विजयी भएका छन् ।
गोदावरीको सेन्ट जुभियर्सको आयोजनामा जारी प्रतियोगितामा नेपाल डन बोस्कोले आयोजक सेन्ट जेभियर्सको बीलाई ४–० ले हराएको थियो । डन बोस्कोका लागि विशम श्रेष्ठ, अमोग अवाले, युनिक मणी रिजालले गोल गरे । युनिश आलले आत्मघाती गोल गरेका थिए । विजयी टोलीका निश्चल केसी म्यान अफ दी म्याच चुनिए ।
अर्को खेलमा मोरानले सेन्ट जेभियर्स जावलाखेबीलाई ९–० ले पराजित गर्यो । मोरानका युवराज राजवंशीले ४ गोल, गंगाराम राजवंशील २ तथा बुधराई हस्दाले १ गोल गरे । सेन्टि जेभियर्सका खेलाडीले २ गोल आत्मघाती गरे । मोरानका युवराज खेलेको म्यान अफ दी म्याच घोषित भए ।
अन्तिम खेलमा पुष्पान्जलीले ललिपुरका बाडेगाँउको ज्वालादेवी विद्या मन्दिरलाई १–० ले हरायो । जिदान पाण्डेको खेलमा पुष्पान्जली विजयी भएको थियो । जिदानलाई खेलको म्यान अफ दी म्याच चुनिएको थिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]