default_image

8 years ago

December 15, 2017

अत्तरिया र फारवेष्ट क्वार्टर फाइनलमा

96 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – पिएफए अत्तरिया र फारवेष्ट अत्तरिया स्पोर्टस एकेडेमी धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

धनगढी रंगशालामा शुक्रबार भएको खेलमा मनकामना युवा क्लव जुगेडालाई २–० ले पराजित गर्दै पिएफए अत्तरिया अन्तिम आठमा पुग्न सफल भएको हो । फारवेष्ट अत्तरिया स्पोर्टस एकेडेमी भने विपक्षी टीम अनुपस्थित भएपछि बाई पाएर अन्तिम आठमा पुग्न सफल भएको हो ।

विदेशी खेलाडीसहित मैदान उत्रिएको पिएफएले पहिलो हाफको सुरुवातमै दुई गोल गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । पिएफएका लागि पहिलो हाफको १३ औं मिनेटमा विशाल राईले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए ।

त्यसको १२ मिनेटपछि अभिषेक रिजालले गोल गर्दै अग्रता दोब्वर पारे । खेलको सुरुवातामा समालिन नसक्दा दुई गोल खाएको मनकाना युवा क्लबले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेपनि गोल गर्ने मौकाहरु चुकाउँदा हार व्यहोर्नु पर्यो ।

यता, अत्तरिया स्पोर्टस क्लव बाई पाएर दोस्रो चरणमा प्रवेश गरेको छ । शुक्रबार हुने भनिएको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) अनुपस्थित भएपछि स्पोर्टस एकेडेमी बाई पाएर दोस्रो चरणमा प्रवेश गरेको हो ।

फारवेष्ट पशुपति कप अन्तर्गत शनिबार दुई खेल हुनेछन । पहिलो खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लब ‘ए’ र नेपाल प्रहरी तथा दोस्रो खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव ‘बी’ र पशुपति स्कीमिमर्स बीच हुने आयोजकले जनाएको छ ।

फारवेष्ट पशुपति युवा क्लवले आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले ५० हजार गरी ५ लाख नगद पुरस्कार पाउनेछन ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.