default_image

8 years ago

December 15, 2017

नेपाली महिला यू १५ फुटबल टोली बंगलादेश पुग्यो

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली साफ यू–१५ साफ महिला फुटबल प्रतियोगितामा भाग लिन आज बंगलादेश आइपुगेको पुगेको छ । बंगलादेशको ढाकामा आइतबार सुरु हुने प्रतियोगिताका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको थियो ।


ढाका विमानस्थलमा नेपाली यू १५ महिला फुटबल टोली । तस्बिर सौजन्य- नेपाल खेलकुद पत्रकार मञ्च

नेपाली टोलीलाई बंगलादेश फुटबल संघका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । टोली स्थानिय समय अनुसार साँझ ८ः०० बजे होटल पुगेको थियो । नेपाल र आयोजक बंगलादेशबीच सोमबार पहिलो खेल हुनेछ । नेपाली टोलीले शनिबार दिउँसो अभ्यास गर्ने बताइएको छ ।

बंगलादेश उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिला यू १५ टोली ।


बंगलादेश प्रस्थान गर्नुअघि विदाईका क्रममा नेपाली टोली ।

 नेपालले डिसेम्बर १९ मा भारतको सामना गर्नेछ । त्यसको दुई दिनपछि अर्को खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहेको छ । भारत र भुटानी टोली पनि प्रतियोगितामा भाग लिन बंगलादेश पुगिसकेको छ । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्वर २४ तारिखमा प्रतिस्पर्धा गर्नेछन् ।

 

नेपाली महिला टोली
१.करिना धिमाल
२. बितिशा राजवंशी
३. पुष्पा गुरुङ
४. सरिश्मा थापा
५.मनमाया विके
६. सुष्मा राई
७.सुरक्षा सिंह
८. सरस्वती हमाल
९. प्रिति राई
१०. अश्मिता चौधरी
११. मुना मगर
१२. निकिता थोकर
१३. सविता रानामगर
१४. सुष्मा जिटी
१५. अन्जली चन्द
१६. अस्मिता रानपाल (दर्जी)
१७. निकिता धिमाल
१८. सुप्रिया रजक
१९. रिया बानु
२०. अस्मिता गुरुङ
मुख्य प्रशिक्षकः गंगा गुरुङ
सहायक प्रशिक्षकः पारस चौधरी
गोलरक्षक प्रशिक्षकः विनोद महर्जन

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.