default_image

8 years ago

December 15, 2017

आयोजक सेन्ट जेभियर्स गोदावरी ‘ए’ क्वार्टरफाइनलमा

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ‘ए’ २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगितामाको क्वार्टरफाइनलमा पुगेको छ । आज गोदावरी टौखेलको पुष्पान्जली माविलाई २–० ले हराउँदै सेन्ट जेभियर अघिल्लो चरण पुगेको हो ।

सेन्ट जेभियर्सका लागि दुवै गोल अभिनव विष्टले गरे । विजेता टोलीका सबल महर्जन खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । लिग चरणका सबै तीन खेल जित्दै आयोजक ए टोली अघि बढेको हो । आज लिग चरणका अन्य खेलमा हात्तिबनको लिटिल एन्जेल्स स्कुल, गोदावरीको क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल विजयी भएका छन् ।

लिटिल ऐन्जेल्सले धुलिखेलको काठमाडौं विश्व विद्यालय हाइ स्कुललाई ४–० ले हरायो । विजयी टोलल्का लागि भागर्व सिलवालले ह्याट्रिक गरे भने अर्को गोल लक्ष्य महर्जनले गरे । विजेता टोलीका श्रीश्य दवाडी म्यान अफ दी म्याच चुनिए । पुष्पक राईले २, शिव थापा मगर र मोहित तामाङले समान १ गोल गरेको खेलमा क्रेस्सेन्टले ललितपुरको जेम्स स्कुललाई ४–० ले पराजित गर्यो । क्रेस्सेन्टका मोहित खेलको म्यान अफ दी म्याच घोषित भए ।
दिनको अन्तिम खेलमा आयोजकको बी टिम र जावलाखेल सेन्ट जेभियर्स स्कुलको बी टिमले २–२ बराबरी खेले । सेन्ट जेभियस गोदावरीका लागि रोज घलेले १ गोल भने अर्को आत्मघाती गोल भएको थियो । सेन्ट जेभियर्स जावलाखेलका लागि श्रीयश गुरुङ र विधान रेग्मीले गोल गरे । गोदावरीका लोयल घले म्यान अफ दी म्याच घोषित भए । गोदावरी र जावलाखेल दुवै बी टिमले यसअघिका दुई खेल गुमाएका कारण दुवै टोली अघिल्लो चरण पुग्न असफल रहे ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.