default_image

8 years ago

December 16, 2017

पिएसजी रेनेसको सामना गर्दै

112 views

0 Bookmark

रेनेस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज छैठौं स्थानमा रहेको रेनेसको सामना गर्दै छ । रेनेसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय रातिको ९.४५ बजे सुरु हुने छ ।

पिएसजीका लागि कप्तान थियागो सिल्भा घाइते छन् र उनी यस खेलमा नखेल्ने सम्भावना रहेको छ । त्यस्तै अड्रिन राबिओट र थियागो मोट्टा पनि पूर्ण फिट छैनन् । स्ट्रासबर्गसँगको हारपछि लिललाई ३-१ ले हराएको पिएसजीले आफ्नो सो लयलाई निरन्तरता दिन खोज्ने छ ।

अर्को तर्फ घरेलु टोलीका लागि इस्मालिया सार र सान्जिन पिर्चिच लामो समयका लागि घाइते छन् । यस सिजन रेनेसले १७ खेलमा २५ अंक जोड्दै छैठौं स्थानमा आफूलाई राख्न सफल छ ।

अर्को तर्फ उत्तिकै खेलमा पिएसजीको ४४ अंक छ र आफ्नो प्रतिद्वन्दि मोनाकोभन्दा ६ अंकले अगाडि छ । पिएसजीले रेनेसविरुद्ध आफ्ना पछिल्ला ६ खेलमा सबै जितेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.